भारतबाट नेपालले किन्यो आठ अर्बको बिजुली

काठमाण्डु टुडे २०७१ साउन २३ गते २:१५ मा प्रकाशित

काठमाण्डु, २३ साउन–पर्याप्त विद्युत उत्पादन नभएपछि जलस्रोतको धनी नेपालले लोडसेडिङ न्यून गर्न आर्थिक वर्ष १०७०-७१ मा भारतबाट ८ अर्ब २५ करोड रुपैयाँ बराबरको बिजुली आयात गरेको छ ।

यो अाब ०६९-७० काे भन्दा झन्डै २ अरब रुपैयाँ बढी हो । गत वर्ष कुल मागको २० प्रतिशत हिस्सा भारतीय बिजुलीबाट पूरा भएको थियो । अघिल्लो वर्ष भारतसँग बिजुली निर्भरता १७ दशमलब ४४ प्रतिशत थियो ।

गत वर्ष विद्युत प्राधिकरणले स्वतन्त्र उर्जा उत्पादक तथा भारतबाट समेत गरी १६ अर्ब ५० करोड रुपैयाको बिजुली खरिद गरेको हाे । यसमध्ये आधा रकम भारतबाट हुने आयातमा खर्च भएको छ ।

कारोबार दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us