के करिश्माले गर्लिन् त अर्को बिहे ?

काठमाण्डु टुडे २०७१ साउन २३ गते १:५० मा प्रकाशित

काठमाण्डु, २३ साउन– अहिले बलिउडमा दुई चर्चा छ । एक करिना गर्भवती छन् । अर्को उनको दिदी करिश्मा अर्को विवाह गर्दैछिन् । तर दुवै असत्य Karishma-Kapoorभएको करिनाले बताएकी छन् ।

सेफ अली खानसँग विवाह भएको झण्डै २ वर्षसम्म पनि बच्चाको सुरसार नभएको बारे पत्रकारको प्रश्नमा करिनाले भनिन, मलाई पनि बच्चा चाहिएको छ । तर मैले निर्णय गरेकी छु कि अर्को २ वर्ष बच्चा जन्माउँदिन ।

किनकी अहिले हामी दुवैजना आफ्नो करियरमै ध्यान दिन चाहन्छौं । आफ्नो दिदीको विवाहको चर्चाबारे उनले भनिन् अब उनले अर्को विवाह कहिल्यै गर्ने छैनन् । त्यसैले यसबारे चर्चा गर्नु ठीक होइन । अहिले उनलाइ डिस्टर्व नगर्नु नै राम्रो हो ।

अहिलेसम्म त उनको डिर्भोस पनि भएको छैन् यो उनका लागि निकै दुखको समय हो । अहिले व्यवसायी संजय कपुर र करिश्माको सम्बन्ध विच्छेदको निवेदन अदालतसम्म पुगेको छ ।

सन २००३ मा संजय कपुरकी दोस्रो पत्जीका रुपमा करिश्मा उनको घर भित्रिएकी थिइन् । संजयसँग विवाह हुनुअघि उनको अभिषेक बच्चनसँग मगनी भएको थियो । तर केही समयपछि अभिषेकले मगनी ताडेका थिए ।

नयाँ पत्रिका दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us