
काठमाण्डु, २२ साउन– प्रहरीको मोष्ट वान्टेड सूचीमा रहेका गुन्डा नाइके दिनेश अधिकारी चरी प्रहरी कारबाहीमा बुधबार मारिए पछि प्रेमिका मोडल खुश्बु ओली खुलेर विरोधमा उत्रीएकी छिन् ।
दिनेशको हत्या सुनियोजित भएको उनले दावी गरेकी छिन् । उनले मेरो र दिनेशको सम्बन्धमा डाह गर्नेले उसलाई मारेको बताएकी छिन् ।
ओली र अधिकारी केहि वर्ष अघिदेखि प्रेममा थिए । घरपरिवारको सल्लाह बमोजिम केही समय पश्चात विवाह बन्धनमा बाँधिने सहमति समेत भएको जनाईएको छ । पूर्वमिस टीन समेत रहेकी खुश्वु र चरीबीचको सम्बन्धलाई लिएर वेलावेलामा चर्चामा समेत आईरहन्थ्यो ।
पटकपटक खुश्वुको घरबाहिर चरीको गाडी रोकिएको खबरले पनि चर्चा पाउदै आएको थियो । त्यस्तै पटक पटक यी दुईको रोमान्सको खबर बाहिरीएको थियो । खुश्बुले पनि चरीलाई आफ्नो फ्यामिली मेम्बरको संज्ञा दिने गर्दथिन । उनीहरु निकट स्रोतका अनुसार खुश्वु र चरी लामो समययता लुकिछिपी रोमान्स गर्दै आएका थिए ।
यसरी खुलेर या लुकेर जे जसरी माया प्रेम साटे पनि एक अर्काको मनमा बसेका थिए यि दुई ।