तेरियाले देखाइन् सिड्नीमा जादु

काठमाण्डु टुडे २०७१ साउन २१ गते ६:२२ मा प्रकाशित

अष्ट्रेलिया – तेरिया साँझ कार्यक्रममा डिआइडि लिटिल मास्टर्स २०१४ तेरिया फौजा मगरले आफ्नो बेजोड प्रस्तुतिका कारण सिड्नीबासीको मन जित्न सफल भएकी छिन् ।

teria1आफ्नो जादुमय नृत्य प्रस्तुत गर्नु अघि मन्तब्य ब्यक्त गर्ने क्रममा तेरियाले आफू आफ्नो कला प्रस्तुत गर्न मात्रै आएको नभएर संसारभरी छरिएर रहनु भएका नेपालीहरुले आफूलाई डिआइडि लिटिल मास्टर्स २०१४ उपाधी हात पार्न देखाउनु भएको माया र सहयोगको लागि धन्यवाद दिन पनि आएको भन्दै आफू सबैको छोरी भएकीले सबैको यसरी नै माया र सहयोग पाएको खण्डमा नेपालको नाम आगामी दिनमा संसारभरी अझ चिनाउन सक्ने बताइन् ।

लुम्बिनी – कपिलवस्तु दिवस अभियानका “लुम्बिनी वालिका शान्तिदूतू समेत रहेकी तेरियाले मन्तब्य ब्यक्त गर्ने क्रममा बुद्ध नेपालमा जन्मनु भएकोले आफूलाई नेपाली भन्न पाउनुमा गर्ब लाग्छ भनेर दर्शकको ठुलो समर्थन प्राप्त गरिन ।

स्मरण रहोस १५ आषाढमा लुम्बिनी–कपिलवस्तु दिवस अभियानद्धारा आयोजित डिआइडि लिटिल मास्टर्स सेसन ३ का बिजेता तेरिया फौजा मगरको स्वागत र सम्मान कार्यक्रममा अभियानद्धारा प्रदान गरिएको “लुम्बिनी वालिका शान्ति दूत” उपाधी कार्यक्रमका प्रमुख अतिथि उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले हस्तान्तरण गरेका थिए ।

अधिकांश नृत्य हिन्दी गीतमा प्रस्तुत गरेकी ुतेरियाले नेपालकी छोरी हुँँ मु नेपाली गीतमा पनि आफ्नो नृत्य प्रदर्शन गरेकी थिइन । कार्यक्रममा न्यू साउथ वेल्सका अबैतनिक महाबाणिज्यदूत दीपक खड्का र मेघराज श्रेष्ठले जनही १–१ लाख र दिवाकर काफ्लेले १०,००० तेरियालाई प्रसंशा र सम्मान स्वरुप प्रदान गर्ने निर्णय गरेका थिए ।

कार्यक्रममा हास्य कलाकार जितु नेपाल र गायक रामजी खाँड र केही स्थानीय कलाकारहरुले पनि आ–आफ्नो कला प्रस्तुत गरेका थिए ।

कनेक्ट नेपाल अस्ट्रेलियाको आयोजनामा भएको उक्त कार्यक्रममा लुम्बिनी–कपिलवस्तु दिवस अभियानका बिस्व संयोजक रामकुमार श्रेष्ठ च्याम्पियन अफ नेपालीज नेशनालिज्म, तेरिया मगर वर्ल्ड पिस एम्बासाडर, जि टिभिका ब्यापारिक उपाध्यक्ष निनान्ड राइकर कल्टिभेटिङ दि ट्यालेण्ट आउट, भरत नेपाल अनसंग हिरो र तेरियाकी मुमा अनिता फौजा मगर आइडियल मदरको रुपमा सम्मानित भएका थिए ।

नेपाली समुदायलाई उल्लेख्य सहयोग पुर्यासउनु भए बापत अबैतनिक महाबाणिज्यदूत त्रय दीपक खडका, चन्द्र योन्जन र दिपक धमलालाई पनि सम्मान गरिएको थियो ।

teriateria3

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us