एमालेले महाधिवेशनमा सकायो सवा चार करोड

काठमाण्डु टुडे २०७१ साउन २१ गते ४:०७ मा प्रकाशित

काठमाण्डु, २१ साउन– एमालेको नवौं महाधिवेशनमा चार करोड २० लाख खर्च भएको छ।

Pro_ktm_ UML 9th Congress (11)महाधिवेशन लम्बिदापार्टीलाई एक करोडभन्दा बढी घाटा लागेको विवरण आर्थिक उपसमितिले बुझाएकोछ । एमालेको नवौं महाधिवेशन १९ असारदेखि ५ दिनका लागि आयोजित गरिएको थियो ।तर लम्बिएर उद्घाटनको २५ औं दिन सकिएको थियो ।

खानामा १ करोड ७० लाख, आवासमा७५ लाख, हल भाडामा १८ दाख, कार्यक्रम निमार्णमा ४७ लाख, ब्याग १७ लाख, स्वंयम सेवक पोशाक १५ लाख, प्रचारप्रसार १२ लाख, मिडिया सेन्टर व्यवस्थापन रलाइभस्काट ७ लाख, दस्तावेज छपाइ ७ लाख, इलेक्ट्रक भोटिङ पेस्की ५ लाख, सांस्कृतिक कार्यक्रम १० लाख र मतगणनामा खाना खर्च लगायत गरी २८ लाख लागेकोएमालेले जनाएको छ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us