पञ्चायतदेखि गणतन्त्रसम्मका भिआईपीले तिरेनन् सेनालाई हेलिकोप्टर भाडा

काठमाण्डु टुडे २०७१ साउन २० गते १:५५ मा प्रकाशित

 काठमाण्डु, २० साउन– सरकारी, गैरसरकारी तथा कुटनीतिक निकायले सैनिक हेलिकप्टर प्रयोग गरेबापत विगत ३ दशकदेखि भाडा तिरेका छैनन् ।

भीभीआइपी तथा अन्य उडान सेवा लिबापत सेनाले प्रधानमन्त्री कार्यालय, मन्त्रालय, राजनीतिक दल, तत्कालिन राष्ट्रिय पञ्चायत सचिवालय, कुटनीतिक नियोग र गैरसरकारी संस्थाबाट ६ करोड ६१ लाख रुपैयाँ बक्यौता उठाउन बाँकी छ ।

बक्यौता असुल गर्न सेनाले बारम्बार सम्बन्धित निकायलाई ताकेता गरेपनि अहिलेसम्म नतिरेको सैनिक प्रवक्ता सहायकरथी जगदीशचन्द्र पोखरेलले बताए  । उनका अनुसार ३५ वर्षअघि देखिको रकम उठेको छैन् । बक्यौता नउठेको कारण महालेखापरीक्षकको कार्यालयले उक्त रकमलाई वर्सेनी बेरुजु देखाउँदै आएको छ ।

काराेबार दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us