मोदीले दिए एक अरब डलर

काठमाण्डु टुडे २०७१ साउन १८ गते १२:५२ मा प्रकाशित

काठमाण्डु, १८ साउन– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई एक अरब अमेरिकी डलर सहुलियतमा ऋण दिने घोषणा गरेका छन् ।

modi-sushil
नेपाली समकक्षी सुशील कोइरालासँग आइतबार सिंहदरबारमा भएको भेटमा मोदीले उक्त सहयोग रकम उपलब्ध गराउने प्रतिबद्धता जनाएका हुन् । उक्त सहयोग सडक र जलविद्युत विकासका लगानी गरिने परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले जानकारी दिए ।

उनले कुन आयोजनामा लगानी गर्ने भन्ने निश्चित नभएको बताए । त्यसबारे दुई देशका अधिकारीबीचको छलफलबाट निर्णय हुने उनको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us