९ सहकारीको दर्ता खारेज

काठमाण्डु टुडे २०७१ साउन १८ गते १२:४९ मा प्रकाशित

जनकपुरधाम, १८ साउन – डिभिजन सहकारी कार्यालय धनुषाले निष्क्रिय तथा कारोबार नगरेका धनुषा र महोत्तरी जिल्लाका नौ वटा सहकारी संस्थाको दर्ता खारेज गरेको छ ।

आर्थिक वर्ष २०७०–७१ मा खारेज भएका सहकारीमा धनुषा जिल्लाका कजरा रमौल–७ स्थित महादेव कृषि सहकारी संस्था लिमिटेड, सवैला–८ स्थित ओम बचत तथा ऋण सहकारी संस्था लिमिटेड तथा जनकपुर–१० स्थित चिरञ्जीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेड रहेका छन् ।

यसैगरी, सोही आर्थिक वर्षमा महोत्तरी जिल्लामा खारेज भएका सहकारी संस्थाहरूमा हाथिलेडस्थित जागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, धिरापुर–५ स्थित ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, दूकरहिया–४ स्थित समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड तथा श्रीपुर–३ स्थित एकीकृत ग्रामीण विकास कृषि सहकारी संस्था लिमिटेड रहेका छन् ।

निष्कृत भई कारोबार नगरेका तथा खारेज भएका ती सहकारी संस्थासँग कारोबारसमेत नगर्न सहकारी सदस्यहरूलाई सचेत गराएको सहकारी निरीक्षक रामप्रित यादवले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us