माओवादीकालको झल्को दिने गरी खानतलासी

काठमाण्डु टुडे २०७१ साउन १८ गते ३:२९ मा प्रकाशित

काठमाण्डु, १८साउन–आजदेखि सुरु हुने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका समयमा हुन सक्ने संभावित खतरालाई मध्यनजर राख्दै सरकारले सुरक्षा चेकजाँचलाई तिब्रता बनाएको छ ।
सरकारले संभावित खतरा भन्दै राजधानी भित्रिने नाकामा तैनाथ गरेको सुरक्षा निकायले विद्रोही माओवादीको समयमा जस्तै राजधानी भित्रिने नाकामा सवै सवारी साधनलाई रोकेर खानतलासी गरेको छ । सुरक्षा निकायको चेकजाँचका कारण राजधानी प्रवेश गर्ने मुख्य नाका नागढुंगामा सवारी साधनको भिड बढेको छ।
तत्कालिन माओवादीविरुद्ध संकटकाल घोषणा गरेर राजमार्गमा हिड्ने यात्रुलाई सवारी साधनबाट ओरालेर चेकजाँच गरेझै शनिबार संयुक्त फौजले भाडा तथा निजी सवारी साधनमा आएका यात्रुलाई ओरालेर हरेकको शरीर खानतलासी गरेको थियो ।
‘यसअघि विभिन्न देशका सरकार प्रमुख तथा राष्ट्र प्रमुखको नेपालमा औपचारिक भ्रमण हुदाँ नेपाल सरकारले सुरक्षाका नाममा यतिविधि ज्याजदती गरेको थिएन,’ एक पूर्व सुरक्षा प्रमुखले भने ।समाचारपत्र दैनिकमा खबर छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us