
काठमाण्डु, १८ साउन–सिन्धुपाल्चोकको माँखा जुरेमा पहिरो गएर १२ घन्टा बढी समय सुनकोसी थुनिएर जमेको १ करोड ५० लाख क्युविक मिटर पानी निकास हुन कम्तीमा ७२ घन्टा लाग्ने अनुमान प्राविधिकले गरेका छन् ।
पहिरोले बनाएको बाँधको स्थलगत भ्रमण गरेर फर्किएका जलउत्पन्न प्रकोप नियन्त्रण विभागका सिनियर डिभिजन डियोहाइड्रोलोजिस्ट सनुमुखेम अमात्यका अनुसार विस्तारै पानी निकास हुने अबस्था छ ।
उनले भने,‘त्यस क्षेत्रमा पानी परेन भने ७२ घन्टासम्ममा जमेको पानी निकास हुन्छ भन्ने अनुमान हो ।’बाँधले पुरै नदी थुनेको अबस्थामा एक मिनेटमा १ दशमलव ५० सेन्दिमिटर दरले पानीको सतह बढेको जानकारी दिँदै अमात्यले भने,‘ब्लाष्ट गरेर खोला खोलेपछि पानीको सतह बढ्न छाड्यो,त्यस आधारमा विस्तारै जमेको पानी घट्छ ।’
पहिरोले थुनिएपछि भोटकोसीको पानी करिब ३० मिटर उचाइसम्म जमेको,३ किलोमिटरसम्म फैलिएको र खोलको चौडाइ २ सय मिटरका आधारमा करिव १ करोड ५० लाख क्युविक मिटर पानी जम्मा भएको हिसाब अमात्यको छ ।
‘विस्तारै निकास भयो भने तल्लो क्षेत्रमा क्षति हुने सम्भावना कम छ,’अमात्यले भने,‘खोलेको पानी बगेर आउँदा खतराको लेवल १ मिटरभन्दा तल रहेकाले तल्लो क्षेत्रमा क्षति हुने सम्भावना कम छ । आजको नागरिक दैनिकमा खबर छ ।