विद्युत सम्झौता नेपालको हितमा हुनुपर्छ: विष्ट

काठमाण्डु टुडे २०७१ साउन १७ गते ९:२२ मा प्रकाशित

चितवन, १७ साउन– एमाले सचिव गोकर्ण विष्टले नेपालको हितमा भारतसँग विद्युत् व्यापार सम्झौता गर्नुपर्ने बताएका छन् ।

Gokarna-Bista
प्रेस चौतारी चितवनले शनिबार भरतपुरमा गरेको पत्रकार भेटघाटमा पूर्वऊर्जा मन्त्रीसमेत रहेका विष्टले लेवी, कोटा र कर निर्धारणबिनै निर्वाध रूपमा पिटिए हुनुपर्ने बताए । भारतसँग विद्युत सम्झौता हुनु राम्रो भए पनि सम्झौता नेपालको हितमा हुनुपर्ने उनको भनाइ थियो ।

अर्को एक फरक प्रसंगमा विष्टले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आइतबारबाट हुने भ्रमणलाई नेपालको हितमा उपयोग पर्नुपर्ने उल्लेख गरे । मोदीको नेपाल आगमनले नेपाल–भारतमा सम्बन्ध नयाँ उचाइमा पुग्ने उनको विश्वास थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us