
काठमाण्डु – बलिउड ‘पर्फेक्टनिष्ट’ आमिर खान नयाँ चलचित्र ‘पीके’मा अनौठो स्वरुपमा देखिने भएका छन् ।
सामाजिक सञ्जालमा उनको नग्न पोष्टरमाथि चर्चा बढ्न थालेको छ ।
तस्वीरमा आमिरले रेल–वेमा उभिएर आफ्नो प्राय अङ्ग देखाएको र गुप्ताङ्ग पुरानो मोडेलको रेडियोले छोपेको देख्न सकिन्छ ।
राजकुमार हिरानी निर्देशित ‘पीके’को सो तस्वीर आफ्नो फेसबुक र ट्वीटरमा अपलोड गर्दै प्रतिक्रिया मागेका छन् ।
प्रशंसा र खिल्ली उडाउने मिश्रित प्रतिक्रिया आएको उनले जानकारी दिएका छन् ।
उनका एक प्रशंसकले लेखेका छन् – ५० औं बसन्त पार गर्दा पनि यस्तो ‘हट एण्ड सेक्सी पोज’ दिन सकेकोमा खुसी छु । फिल्म चाँडै नै रिलिज होस् ।
अर्का एक फिल्मप्रेमीले तपाइँ जस्तो एक सभ्य नागरिकले फिल्म प्रचारको नाममा यस्तो गर्नु अशोभनिय छ । हामी युवाको आइडल व्यक्तित्वले यसो गर्दा हामीलाई कस्तो असर गर्ला ? कृपया यो सबै बन्द गर्नोस् भन्दै सुझाव दिएका छन् ।
आमिरले मलाई एलियन, आदि मानव, बुद्धि नभएको जे –जे भनेपनि खुसी लागेको उत्तर दिएका छन् ।