
काठमाण्डु – दोस्रो विश्वयुद्धमा जापानको हिरोशिमामा बम खसाल्ने एक मात्र जिवित पात्र थियोडोर वान क्रिकको ९३ बर्षको उमेरमा मृत्यु भएको छ ।
‘इनोला गे’ नाम दिइएको सो विमानको चालक हुँदा उनी २४ वर्षका थिए ।
६ अगष्ट १९४५मा खसालिएको ‘लिटिल ब्वाई’ अणु बमले १ लाख ४० हजार जनताको ज्यान लिएको थियो ।
वान क्रिकले आफूलाई कुनै पछुतो नभएको र सोही बम खसाल्दा विश्वयुद्धको अन्त्य भएकोमा चै खुसी रहेको बताएका थिए ।