
काठमाण्डु – नेपालीमूलकी बलिउड अभिनेत्री मनिषा कोइराला वेभसाइटमार्फत आफ्ना समर्थकमाझ आएकी छिन् ।
सगुन एण्ड कम्पनीको ‘ब्रान्ड एम्बेसेडर’ रहेकी मनिषाले वेभसाइट प्रयोगसमेत गर्नेछिन् ।
‘सगुन डट कम – sagoon.com ’ नाम रहेको सो वेभसाइटमार्फत मनिषाले संसारभरका मानिसलाई जोड्ने र एक सुत्रमा बाधिन सहयोग गर्ने बताएकी छिन् ।
पछिल्लो समय मनिषा सार्वजनिक समारोह र चलचित्र अभिनयबाट टाढा छिन् । मनिषा पाठेघर क्यान्सरको उपचारपछि अमेरिकामा बस्दै आएकी छिन् ।