
अफगानिस्तान , ११ साउन – अफगानिस्तानको कान्दाहार प्रान्तमा प्रहरी प्रमुखको घरमा आइतबार आक्रमण भएको छ ।
तालिवान आतङ्ककारी समूहले गराएको सो आक्रमणमा एक सर्वसाधारण र एक सीमा प्रहरीको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।
कान्दाहार प्रान्तको स्पीन बोल्दाक जिल्लामा आत्मघाती आक्रमणकारीसहितको समूहले एक विद्यालय भवनको नजिकै रहेको जर्नेल अब्दूल राजेकको घरमा आक्रमण गरेका प्रान्तीय प्रहरी प्रमुखका जिया डुरानीले बताएका छन् ।
प्रहरी प्रमुख राजेकको घरभित्र आक्रमणकारीहरूले प्रवेश गर्न खोज्दा प्रहरीले गरेको कारबाहीमा ६ आक्रमणकारीको मृत्यु भएको जिया जानकारी दिए ।
तालिवान आतङ्ककारी समूहका प्रवक्ता कारी युसेफ अहमदीले एक विज्ञप्तिमार्फत सञ्चार माध्यमलाई यो आक्रमण आफूहरुले गराएको दाबी दाबी गरेका छन् । एपी