विषादीबारे किसान र उपभोक्तालाई जनचेतना आवश्यक

काठमाण्डु टुडे २०७१ साउन १० गते १५:०९ मा प्रकाशित

काठमाण्डु, १० साउन– राष्ट्रिय उपभोक्ता मञ्चले तरकारी तथा फलफूलमा प्रयोग भएका विषादी नियन्त्रणमा सरकारले चालेको कदम सकारात्मक भएको उल्लेख गर्दै किसान तथा उपभोक्तामा विषादीबारे जनचेतनामूलक कार्यक्रम सञ्चालन आवश्यक भएको जनाएको छ ।

तरकारी तथा फलफूल उत्पादन गर्ने किसानलाई विषादीको प्रयोग सम्बन्धमा उचित तालिम, प्रशिक्षण तथा जागरणका कार्यक्रम सञ्चालन गरी जागृत र उत्प्रेरित गर्नुपर्नेमा मञ्चले जोड दिएको छ ।

विषादी मापन कार्यविधिले उपभोक्ताको स्वास्थ्य र किसानका उत्पादनका सम्बन्धमा के गर्ने भन्ने विषयमा स्पष्ट हुन नसकेको उल्लेख गर्दै मञ्चले किसान र उपभोक्ता दुवै समुदायको भलो हुने उपाय खोज्न सरकारसाग मागसमेत गरेको छ ।

मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले आज एक प्रेस विज्ञप्ति जारी गरी उपभोक्तालाई विषादीयुक्त तरकारी प्रयोग नगर्न र किसान तथा व्यापारीलाई तरकारी तथा फलफूलमा घातक विषादी प्रयोग नगर्ने वातावरण सिर्जना गर्न आग्रह गरे ।

त्यस्तै विषादी प्रयोगको हल्लासँगै व्यापारीले जैविक तरकारी तथा फलफूलको नाममा झुक्याएर विषादीयुक्त खाद्यान्न बिक्री गरिरहेको उल्लेख गर्दै उहााले त्यसतर्फ पनि कृषि विकास मन्त्रालय र सम्बन्धित नियमन निकायको ध्यान जानुपर्नेमा जोड दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us