श्रीमतीको ‘नो सेक्स’का वाहना श्रीमानले गरे सार्वजनिक

काठमाण्डु टुडे २०७१ साउन ९ गते ९:०७ मा प्रकाशित

काठमाण्डु – बेलायतमा एक पतिले यौनसम्पर्क गर्न खोज्दा पत्नीले ‘नो सेक्स’ भन्दै बनाएका वाहनाको सूची सार्वजनिक गरेका छन् ।

no sex1‘सेक्सुअली फ्रस्टेडेड’ श्रीमानले आफूले पाएको हैरानी सामाजिक सञ्जाल ‘रेडिट डट कम’ मा सार्वजनिक गरिदिएका हुन् ।

हफिङगटन पोष्टले जनाएअनुसार ती श्रीमानले तीनवटा कोलममा विभाजन गरेर ६ हप्तामा श्रीमतीले बनाएका बहाना सेयर गरेका छन् ।

पहिलो कोलममा मिति , दोस्रोमा ‘हुन्छ, हुँदैन’ भन्ने प्रतिक्रिया र तेस्रोमा श्रीमतीको बहाना उल्लेख गरेका छन् ।

उनले ६ हप्तामा २७ पटक आग्रह गर्दा ३ पटकमात्र यौनसम्पर्क गर्न सफल भएको पनि उनले बताएका छन् ।

सूचीअनुसार श्रीमतीले कहिले टन्न रक्सी पिएको , कहिले धेरै खाएको बाहना बनाएर यौनसम्पर्क गर्न नदिएको देखाएको छ । त्यस्तै , कहिले चलचित्र हेर्दैछु , कहिले जिम गर्दैछु भन्ने जवाफ फर्काएर र त कहिले बोल्दै नबोलेर श्रीमानको चाहना तुहाइदिएको सो सूचीबाट थाहा पाउन सकिन्छ ।

सार्वजनिक भएको डकुमेन्टमा पत्नीले उ १० दिन घर छोडेर यात्रामा जादाँसमेत मलाई एकपटक पनि सम्झिएन । तर अहिले यस्तो कुरा सार्वजनिक गरेको देख्दा अनौठो लागेको बताएकी छिन् ।

पाँच वर्षअघि विवाहित उनीहरु अहिले २६ वर्षका भएका छन् ।

sex routine

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us