
अनामनगरको मण्डला थिएटरमा चरनदास चोर नाटक सुरु भएको छ । यसअघि झण्डै एक महिना मञ्चन भएको नाटक फेरी सुरु गरिएको हो ।
भारतीय नाटककार हवीव तनवीरले लेखेको यो नाटक भारतमा निक्कै प्रख्यात मानिन्छ । यसलाई नेपाली अनुवाद गरी मण्डला देखाइएको हो ।
नाटकमा राजन खतिवडाको निर्देशन रहेको छ । साउन २५ गते नाटक चल्ने प्रदीपकुमार चौधरीले बताए ।
नाटकमा राजन खतिवडा, श्रृजना सुव्वा, बुद्धि तामाङ्ग, बिजय बराल, प्रदीपकुमार चौंधरी, अनुपम शर्मा, नाजिर हुसेन, सुरज यादव, जुनु बिष्ट, अनुज पाण्डे, सुरज मल्ल, आर्जेश रेग्मी, रेनु योगी, र सिर्जना राई रहेका छन् ।