तालिवान आक्रमणमा चार विदेशीको मृत्युु

काठमाण्डु टुडे २०७१ साउन ६ गते १०:३१ मा प्रकाशित

काबुल, ६ साउन – अफगानिस्तानको राजधानी काबुलमा मङ्गलबार एक आत्मघाती आक्रमणमा कम्तीमा चार विदेशीको मृत्यु भएको समाचार छ ।

प्रारम्भिक समाचार अनुसार विदेशीहरुको एक कार्यालय परिसरलाई लक्ष्यगरी गरिएको यस आक्रमणमा चार विदेशीको मृत्यु भएको बताइएको छ ।

उक्त आक्रमणमा परी अन्य ६ जना घाइते भएको काबुल प्रहरी प्रमुख जाहिर जाहिरले एएफपी समाचार समितिलाई बताएको छ ।

मोटरसाइकलमा आएका ती आत्मघाती आक्रमणकारीले विदेशी कार्यालय परिसर कसरी प्रवेश गरे भन्ने बारेमा अनुसान्धानरत रहेको जनाइएको छ ।

यस आक्रमणमा मारिएका ती विदशीहहरुको राष्ट्रियता र अन्य विस्तृत विवरण नेटोसँगआवद्ध अन्तर्राष्ट्रिय सुरक्षा सहयोग बल (आएसएएफ) ले खुलाएको छैन ।

अफागानिस्तानमा करिब तेह्र वर्षयताको तालिवान विद्रोहका विरुद्धमा आइएसएएफको संलग्नता रहदै आएको छ ।

तालिवान आतङ्ककारी समूहले ट्वीटरमार्फत विदेशी गुप्तचर शिविरमा आफूहरुले आक्रमण गरको दाबी गरेका छन् । एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us