पृथ्वीलाई चार फन्को लगाउन पुग्ने साकिराका फ्यान

काठमाण्डु टुडे २०७१ साउन ५ गते ८:३० मा प्रकाशित

काठमाण्डु –  कोलम्बियाकी पप गायिका साकिरा सामाजिक सञ्जाल फेसबुकमा सवैभन्दा मनपराएकी सेलेब्रिटी बनेकी छिन् ।

sफेसबुक पेजमा उनलाई १० करोड भन्दा बढि फ्यानले लाइक गरेका छन् । फेसबुकले उनी नै संसारकै सबैभन्दा रुचाएकी ब्यक्ति भएको दावी गरेको छ ।

फेसबुकमा जम्मा १ अर्ब २८ करोड सदस्य छन्, तिनमा साकिराका फ्यानहरूको संख्या आठ प्रतिशत हुन आउँछ ।

रमाइलो त के भने, उनले हालै प्रस्तुति दिएको ब्राजिलको माराकाना रंगशालामा उनका फ्यानहरू उपस्थित हुने हो भने त्यस्ता १ हजार ३ सय ५९ रंगशाला भरिनेछन् ।

साकिराका फ्यानहरूलाई हातेमालो गर्दै लामबद्ध गराउने हो भने पनि पूरा पृथ्वीलाई चार फन्को लगाउन पुग्छ ।

नयाँ रेकर्ड राखेसँगै फेसबुक मालिक मार्क जुकरवर्गले साकिरालाई बधाई दिएका छन् । साथै फेसबुकले उनका फ्यानबारे केही रोचक तथ्य पनि सार्वजनिक गरेको छ ।

१० मध्ये तीन महिला फ्यानको नाम मारिया छ भने १० मध्ये एक पुरुष फ्यानको नाम जोसे छ । ४६४२ जना त साकिरा नामकै फ्यान छन जसले साकिरालाई लाइक गरेका छन् ।

Shakira Performs in Concert in Barcelonashakira2sha3

 

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us