
काठमाण्डु, ५ साउन– इजरायल र प्यालेष्टिीन हमास विद्रोहीबीच जारी युद्धका कारण एकै दिन एक सयभन्दा बढीको मृत्यु भएको छ ।
विवादास्पद जागा क्षेत्रमा इजरायली सेनाले गरेको आक्रमणमा आइतबार यति धेरै संख्यामा मानिसहरु मारिएका हुन् ।
मृत्यु हुनेमा १३ इजरायली सेना र जागाका ८७ सर्वसाधारण छन् । यो सँगै जामामा मारिनेको संख्या ४ सय नाघेको छ । युद्धमा परी तीन हजारभन्दा बढी घाइते भएका छन् । संयुक्त राष्ट्रसंघका अनुसार गाजा क्षेत्रबाट हालसम्म ८४ हजारभन्दा बढी सर्वसाधारण विस्तथापित भएका छन् ।
यसैबीच इजरेली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासले युद्धका लागि उक्साएको भन्दै कारबाही नरोकिने बताएका छन् । उनले महासविरुद्धको कारबाहीमा एकै दिन आफ्ना १३ सैनिकको ज्यान गएको भन्दै दु:खसमेत व्यक्त गरेका छन् ।
हमास लडाकुले घनावस्ती रहको क्षेत्रमा लुकेर इजरायलमाथि आक्रमण जारी राखेकाले कारबाहीमा सर्वसाधारण मारिएको उनको भनाइ छ । उनले सर्वसाधारणलाई वस्ती छाड्न पुन: आग्रह गरेका छन् ।