सामुद्रिक आँधीबाट ९४ को मृत्यु

काठमाण्डु टुडे २०७१ साउन ४ गते १२:२० मा प्रकाशित

फिलिपिन्स , ४ साउन – फिलिपिन्समा आएको रामासुन (स्थानीय भाषामा ग्लान्दा) नामक सामुद्रिक आँधीाट आइतबारसम्म मृत्यु हुने व्यक्तिको सङ्ख्या ९४ पुगेको राष्ट्रिय जोखिम न्यूनीकरण र व्यवस्थापन परिषद (एनडीआरआरएमसी) ले जनाएको छ ।

यस आँधीकाबाट करिब ३१७ व्यक्ति घाइते हुनुकोसाथै अन्य ६ जना अझै बेपक्ता भएका राष्ट्रिय प्रकोप नियन्त्रण निकायले आइतबार जानकारी दिएको छ ।

एनडीआरआरएमसीका अनुसार यस आँधीबाट सात अर्ब तीन करोड स्थानीय मुद्रा पेसो रकम बराबरको सम्पत्ती नोक्सानी भएको छ ।

यसै आँधीका कारण १६ लाख व्यक्ति प्रभावित भएका बताइएको छ । आँधी प्रभावित पाँच लाख १८ हजार ७६४ व्यक्तिलाई एक हजार २६४ शरणार्थीस्थलमा सारिएको पनि प्रकोप नियन्त्रण निकायले जनाएको छ ।

सो आँधी बुधबारबाट सुरु भएको थियो । फिलिपिन्समा गतवर्ष नोभेम्बरमा आएको लयेटे नामक आँधीबाट सात हजार ३०० व्यक्तिको मृत्यु भएको थियो । सिन्ह्वा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us