युक्रेनी विद्रोहीले विमान घटनाको छानबीन गर्न दिने

काठमाण्डु टुडे २०७१ साउन २ गते ११:५० मा प्रकाशित

किभ, २ साउन – पूर्वी युक्रेनमा बिहीबार भएको विमान दुर्घटनाको छानबीनका लागि आपूmहरुले अनुसन्धानकर्तालाई पहूँच दिने जानकारी युक्रेनको पूर्वी क्षेत्रमा विद्रोह गरिरहेका विद्रोहीले बताएका छन् ।

सो विमान आफै दुर्घटना नभई त्यहाँका विद्रोहीहरुले क्षेप्यास्त्र हानेर खसालेका भन्ने आरोप विश्वव्यापी रुपमा आइरहेका बेला विद्रोहीले सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

ती विद्रोहीहरुले यदि सो विमानको दुर्घटनाका बारेमा छानबीन गर्न चाहेमा अनुसन्धानकर्ताहरुलाई निर्वाध रुपमा घटनास्थलमा गई छानबीनको अवसर दिइने उनीहरुले बताएका हुन् ।
शुक्रबार एक विज्ञप्ति प्रकाशन गर्दै उनीहरुले सो विषयमा जानकारी दिएका हुन् । साथै दुर्घटनास्थलमै पुगेर छानबीन गर्नेमात्र नभई स्थानीय अधिकारीहरुलाई पनि उद्वारका लागि अनुमति दिइएको उनीहरुले जनाएका छन् ।

पूर्वी युक्रेनमा विद्रोह गरिरहेका विद्रोहीले विश्वको ध्यानाकर्षण गराउन तथा विश्वव्यापी रुपमा त्रास फैलाउनका लागि सो विमान तिनै विद्रोहीले खसालेको अनुमान अमेरिकाले गरेको छ ।

बिहीबार राती दुर्घटनाग्रस्त भएको त्यस विमानमा रहेका २९८ जना यात्रुको ज्यान गएको छ । मलेसियाली विमान आम्स्ट्रडमबाट क्वालालम्पुर जाने क्रममा सो विमान युक्रेनको आकासबाट खसेको हो । एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us