धार्मिक कट्टरपन्थीद्धारा ९० को हत्या

काठमाण्डु टुडे २०७१ साउन २ गते ११:४८ मा प्रकाशित

बेरुत, २ साउन – सिरियाको होम प्रान्तमा ग्यासको खानी कब्जा गर्ने क्रममा कम्तीमा ९० सिरियाली शासकतर्फका लडाकू मारिएका मानवअधिकारवादी समूहले शुक्रबार जानकारी दिएको छ ।

राष्ट्रिय प्रतिरक्षा बल सदस्यहरु र सुरक्षा अधिकारहरुले सिरियाको होमस् प्रान्तमा साआरा ग्यास खानी कब्जा गर्ने क्रममा जिहादि धार्मिक कट्टरपन्थीद्धारा भएको आक्रमणमा ९०को मृत्यु भएको सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सका निर्देशक रामी अब्दुल रहमानले जनाएका छन् ।

मारिनेहरुमा २५ जना सर्वसाधारण कामदार रहेका रामीले एएफपी समाचार समितिलाई बताएका छन् । एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us