
काठमाण्डु – सांगितिक कार्यक्रममा प्रस्तुती गरेवापत ‘आर्टिष्ट एग्रिमेन्ट’ अनुसार पैसा नदिई श्रमशोषण गरेको भन्दै पिडित कलाकारहरुले नीज ठगहरुमाथि कारवाहीको माग गरेका छन् ।
कलाकारहरुले आफूहरुलाई आयोजकले २०७१ जेठ २० देखि असार ०१ सम्म विभिन्न शहरहरुमा १५ दिने वाइड ईभेन्ट नेपाल टुर नामक सांगितिक कार्यक्रममा सहभागी गराएर पारिश्रमिक नदिएको भन्दै आयोजकमाथि कानुनी कारवाहीको माग गरेका हुन् ।
रिपोर्टर्स क्लब नेपालमा शुक्रबार पीडित कलाकर्मीहरुले पत्रकार सम्मेलन गर्दै आफूहरुलाई एग्रिमेन्ट अनुसार रकम दिनुको सट्टा उल्टै धम्की दिएको भन्दै ४८ घण्टाभित्र पारिश्रमिक नदिए बाध्य भएर ठगी गर्नेहरुलाई कानुनी कठघरामा उभ्याउने चेतावनी दिए । उनीहरुले पारिश्रमिक बापत करिव १० लाख रकम नदिई श्रमशोषण गरेको भन्दै ठगी गर्ने आयोजक द्धय हरिशरण महत र राजकुमार पटेलविरुद्ध प्रतिलिपि अधिकार ऐन अन्तर्गतको कारवाही गर्नुपर्ने माग गरेका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय संगीतकर्मी संघका महासचिव राजेन्द्र कुमार कार्कीले पीडित कलाकारहरुको हक अधिकारलागि आफ्नो संस्थाले जस्तोसुकै भूमिका निर्वाह गरेर भएपनि न्याय दिलाउने विश्वास व्यक्त गर्दै ४८ घण्टाभित्र कलाकारहरुको पारिश्रमिक नदिए कानुनी उपचारमा जाने बताए ।
त्यस्तै कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघका उपाध्यक्ष गोकुल राउत, उपाध्यक्ष होम सुवेदी लगायतका कलाकारहरुले पीडित कलाकारहरुलाई जुनसुकै हालतमा पनि न्याय दिलाउने विश्वास व्यक्त गरे । संघका उपाध्यक्ष राउतले कलाकार भएर कलाकारलाई नै ठगी गर्नु महापाप भएको भन्दै पीडित कलाकारहरुले पाउनुपर्ने पारिश्रमिक चाँडो भन्दा चाँडो नदिए निज ठगीहरुलाई कानुनी कठघरामा उभ्याउन आफूहरु बाध्य हुने चेतावनी दिए ।
पीडित कलाकार एवम् गायक सुगम पोखरेलले आफूहरु वाईड इभेन्ट नेपाल टुर नामक साँगितिक कार्यक्रममा देशका विभिन्न १५ वटा शहरमा सहभागी भएको बताउँदै सम्पूर्ण कलाकारहरुलाई आयोजक संस्थाद्धय सान मुभि मेकर्सका प्रोपाइटर तथा ‘पुण्टे परेड’ तथा ‘आई एम सरी’का निर्माता हरिशरण महत तथा स्टेज डेकोर्सका संचालक राजकुमार पटेलवीच आफूहरुले पाउनुपर्ने पारिश्रमिकको बारेमा आर्टिष्ट एग्रिमेन्ट भएको बताए ।
उनले भने–एग्रिमेन्ट अनुसार नै थोरै पेस्की रकम लिएर हामी कार्यक्रममा सहभागी भएका थियौं तर कार्यक्रम सम्पन्न भएपछि बाँकी पैसा दिनुको सट्टा हामीलाई धम्की दिँदै आएका छन् । पाखरेलले आफूहरुलाई उल्टै श्रमशोषण गरेर मानसिक तनाव दिएको भन्दै बाध्य भएर कानुनी उपचारको खोजीमा आफूहरु लागेको बताए ।
अर्का पिडित १५९ वटा चराको आवाज निकाल्ने कलाकार रमेश दुलालले आफूहरुलाई ठग्ने आयोजकलाई कुनै पनि हालतमा नछोड्ने भन्दै पाउनुपर्ने पारिश्रमिक यथाशिघ्र दिनुपर्ने बताए । उनले भने–हामीलाई पारिश्रमिक मात्रै होईन्, हिजो आज हामी कलाकारहरुको फोटो राखेर नक्कली ५ हजार देखि २५ हजार सम्मको टिकेर बिच्दै हिँड्ने गरेका छन् ।
अर्का पिडित कलाकार गायक प्रकाश कटवाल केसीले आफूहरुले पाउनुपर्ने पारिश्रमिक आयोजकसँग माग गर्दा उल्टै आफ्नो पहँुच छ तिमीहरुको करियर नै ध्वस्त पारिदिन्छु भन्ने खालको धम्की दिएको बताए । उनले आफूहरुले पाउनुपर्ने पारिश्रमिक चाँडो भन्दा चाँडो नदिए बाध्य भएर कानुनी उपचारमा जाने चेतावनी दिए ।
ठगीने कलाकारहरुः
नायिका सुष्मा कार्की,
गायक सुगम पोखरेल,
गायक सम्भोज मल्ल
गायक रुपक डोटेल
गायिका आकांक्षा बस्याल,
गायक युवराज चौलागाई,
गायक प्रकाश कटवाल,
कार्यक्रम सञ्चालक सुर्जनी केसी,
गायिका बुनु राई मानन्धर,
गायक कमल खत्री,
कलाकार रमेश दुलाल,
गायिका सम्झना लामिछाने मगर,
क्यामेराम्यान निकेश महर्जन,
सवारीधनी नारायणप्रसाद ढुगांना,