मण्डला थिएटरमा ‘कबड्डी’ चल्ने

काठमाण्डु टुडे २०७१ साउन २ गते ८:३३ मा प्रकाशित

काठमाण्डु – रंगमञ्चका धेरै कलाकारको अभिनय रहेको नेपाली चलचित्र कवड्डी अव सामाजिक सेवामा पनि लाग्ने भएको छ ।

Kabaddi-nepali-movie-Dayahang Raiझण्डै ४९ दिन मुलुकभरका मुख्य चलचित्र हलमा प्रर्दशन भएको कवड्डी अव मण्डला थिएटरमा पनि लाग्ने भएको छ । मण्डला कलाकार कोषका लागि कवड्डी प्रर्दशन गर्न लागिएको मण्डलाका कलाकार प्रदीपकुमार चौधरीले बताए ।

०७१मा चलेको चलचित्रमा पर्ने कवड्डीमा मण्डला मात्रै आधा दर्जन भन्दा धेरै कलाकारको अभिनय रहेको छ । मण्डला निर्देशक दयाहाङ् राई, राजन खतिवडा, प्रदीपकुमार चौधरी, बिजय बराल, बुद्धि तामाङ् , जुनु बिष्ट, सोमनाथ खनाल, सुलक्षण भारती, आर्जेश रेग्मी, सुरेश कार्कीलगायतको अभियन छ ।

मण्डला शुक्रबारदेखि साउन ८ गते सम्म कवड्डी देखाइने छ । १सय, दुई र ५ सयसम्मको टिकटमा उक्त फिल्म हेर्न पाइनेछ ।

यसबाट आएको रकम मण्डला कलाकार कोषमा जाने मण्डला थिएटरले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us