डेढ करोडमा हङकङमा नेपाली फिल्मी अवार्ड

काठमाण्डु टुडे २०७१ साउन २ गते ६:०२ मा प्रकाशित

awardकाठमाण्डु, २ साउन – मलेसियामा ‘छैटौ नेफ्टा फिल्म अवार्ड’ सम्पन्न गरेको ‘नेपाल चलचित्र प्राविधिक संघले सातौ अवार्ड भने हङकङमा गर्ने तयारी गरेको छ ।
यसका लागि चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसी, कार्यक्रम संयोजक बाबुराम दाहाल र अवार्डको नेपाल व्यवस्थापनको सम्पूर्ण जिम्मा सम्हालेका निर्माता सुनिलकुमार थापा आज हङकङ उड्दैछन् ।
दिउँसो १ बजे ३ जनाको टोली हङकङ जान लागेको हो । अवार्डमा नेपालबाट लाग्ने सम्पूर्ण खर्च निर्माता सुनिल कुमार थापाले व्यहोर्दैछन् भने हङकङको जिम्मा विनय शाह र उनको टिमले लिएको छ ।
थापाले मलेसियामा अवार्ड भएको देखेपछि आफू उत्साहित भएको जनाए । उनले भने–‘हङकङमा आफ्ना साथीहरु भएकाले अवार्ड गर्न खोजेको हुँ’ । जसले सिने नगरीको विस्तार हुन्छ भन्नेमा ढुक्क छु ।’
आज त्यता उड्न लागेको टोलीले अवार्ड गर्ने स्थान, त्यहा“ नेपालबाट लैजाने करिब १ सय कलाकार, चलचित्रकर्मी तथा पत्रकारको टोलीलाई बस्ने र खाने व्यवस्था मिलाउँनेछ ।
यसपश्चात आइतबार हङकङकै मिडियाहरु बोलाएर पत्रकार सम्मेलन गर्ने तयारी गरिएको छ । निर्माता सुनिल कुमार थापाले नेपालबाट आफ्नो करिब ७५ लाख लगानी हुने जनाए ।
यस्तै हङकङमा रहेका विनय शाह र उनका साथीहरुले ८५ लाखको लगानी गर्नेछन् । यसैले पनि अवार्ड भव्य हुने देखिएको छ । यसपटकको अवार्डलाई विश्व स्तरको बनाउने तयारी आयोजकले गरेको छ ।
निर्माता सुनिल कुमार थापाले विभिन्न संघसंस्थाको सहयोग, विज्ञापन एजेन्सिबाट आफूले खर्च उठाउने दाबी गरे । ‘यदि २५–३० लाख घाटै भएको खण्डमा पनि म ठान्नेछु, मैले एउटा कदम चाले, जसले सिनेमा नगरीलाई विस्तार गर्न ठूलो सहयोग ग¥यो’, भने ।
यता चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसीले नेपाली सिनेमालाई अन्तरराष्ट्रिय बजारमा पु¥याउन आफू र आफ्नो संस्था सधै नै लागिपर्ने बताए ।
यसैले दोश्रो पटक विदेशमा अवार्ड गर्न लागेको उनको भनाई छ । नेपाल चलचित्र प्राविधिक संघले कलाकारदेखि उनीहरुको प्रस्तुतीको व्यवस्थापन गर्नेछ ।
नेपालकै सर्वाधिक प्रतिष्ठित अवार्ड गर्दै आएको प्राविधिक संघ हङकङ अवार्ड गर्न पाउँदा झनै जोशिएको छ ।
मलेसियामा निर्माता सुवास गिरीको सम्पूर्ण खर्चमा अवार्ड भएको थियो । सुनिल सिने नगरीमा आफ्नो नाम सुनौलो अक्षरले लेखिनेमा ढुक्क छन् । उनले नेपाली सिनेमाको अवार्ड हङकङमा गर्दा विश्वले हामीलाई चिन्छ भने किन जोखिम नमोल्ने भन्दै यसपटकको भ्रमणमा सबै निधो गरेर फर्कने बताए ।
यो अवार्डको उद्घाटन सूचना तथा संचारमन्त्री मिनेन्द्र रिजालको हातबाट गर्ने तयारी आयोजकले गरेको छ ।
‘यसका लागि पहल भैरहेको छ, हामीलाई राज्यले पनि साथ दिनेछ’, सुनिलले भने । ‘अहिलेको संचारमन्त्री सिनेमा नगरीको विकासमा सधै सजग र प्रतिबद्ध हुनुहुन्छ, यसैले पनि यो अवार्डमा उहा“को उपस्थिती हुनेछ भनेर हामी ढुक्क छौ’, सुनिलले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us