अभिनेता मुकेश ढकाल दुर्घटनामा

काठमाण्डु टुडे २०७१ साउन २ गते २:१२ मा प्रकाशित

mukeshकाठमाण्डु, २ साउन –  अभिनेता मुकेश ढकाल सडक दुर्घटनामा परेका छन् । रोल्पाबाट काठमाण्डु, फर्कदै गर्दा नवलपरासीको दाउन्नेमा कार दुर्घटनामा परि मुकेशको टाउकोमा चोट लागेको छ । मुकेशसँगै सवार फिल्म निर्माता सुशिल शाह पनि सामान्य घाईते भएका छन् ।
निर्माता शाहका अनुसार हिजो बिहीबार साँझ ५ बजेतिर विपरित दिशाबाट जादैं गरेको ट्रकले ठक्कर दिएपछि दुर्घटना भएको हो । पानी परिरहेको बेला सडक दुर्घटना भएको शाहको भनाई छ ।

दुर्घटनामा घाईते अभिनेता ढकालको दुम्किबासमा सामान्य उपचार गरिएको निर्माता शाहले बताए । अहिले काठमाण्डु घरमा आराम गरिरहेका ढकालको थप उपचार आज गरिने बताईएको छ ।
ल्याण्ड कुजर गाडी भएकोले अगाडीको भागले बचायो । अरू सामान्य कार भएको भए हामी बाँच्थेनौं होला शाहले भने,भाग्यले बाँचेर घर अ‍ैइयो । रोल्पामा फिल्म सुटिङको लागि लोकेशन हेरेर घर फर्कदै गर्दा दुर्घटना भएको उनको भनाई छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us