अव चुरोट खाने त के हेर्दा पनि हेर्दिन –नीर शाह

काठमाण्डु टुडे २०७१ असार ३१ गते २:१४ मा प्रकाशित

nir shahaकाठमाण्डु, ३१ असार –उपचारमा डाक्टर अरुण मास्केको टोलीले सफलता पाएपछि नीर शाहले आफ्नो पुर्नजन्म भएको बताएका थिए । पुर्नजन्मसंगै उनले ध्रुम्रपानलाई आउदो दिनमा कहिले नछुने प्रण समेत गरेका छन् ।

हाल बिना नुनको खानाका साथ नीर शाहले स्वास्थ्य लाभ गरिरहेका छन् । केही दिन अघि अस्पतालबाट डिस्चार्ज भएका शाहले आफ्नो स्वास्थ्य लाभको कामना गर्ने सम्पूर्ण शुभ चिन्तकहरुलाई हृदय देखिनै धन्यवाद दिएका छन् । कलाकार संघका अध्यक्ष नवल खड्का र कलाकार कृष्ण मल्लका माझ शाहले आफ्नो हृदयघातको बारे बोलेका छन् ।
हस्पिटल पुग्न पच्चिस मिनेट मात्र ढिला भएको भए म मर्ने थिएँ,शाहले भने, शनिबार तेश्रो पटक हार्ट अट्याक भएपछि अस्पताल जान बाध्य भएको हुँ ।शाहले बिहीबार बेलुकी नै एक पटक हार्ट अट्याक भएको र त्यसपछि रामदेवको योगा गरेर केही निको भएको बताए । शुक्रबार पुनस् हार्ट अट्याक भएको बताउँदै त्यो दिन आफूले अरु नै उपाय अपनाएर हेलचेक्राई गरेको बताए ।

शनिबार बिहान ११ बजे पछि चाहि छातिमा फलाम छिरे जस्तो भयो । उषा श्रीमतीलाई सम्हालेर मुल ढोका सम्म लैजान निकै हम्मे पर्यो । त्यस पछि अचानक गोविन्द तिमिल्सना ९शाहका सहयोगी० त्यहि बेला आएको रहेछ । उसले ट्याक्सी लिएर आयो शाहले भने, सायद शनिबार भएकाले बाटो खुल्ला हुँदा म बेलैमा हस्पिटल पुगें । पुग्ने वित्तिकै ह्वील चियरमा बस्दा बस्दै मैले आफैले अक्सिन मार्कस मागें । त्यसपछि म बेहोस भएँ । तीन दिनपछि मात्र म होसमा आँए ।

अहिले साँझ पख कम्पाउन्डमा हावा खान निस्कन्छु । त्यो बाहेक १ महिना पूर्ण रेष्ट भनेका छन् मलाई,लामो सास तान्दै शाहले भने । ३० को दशकदेखि चुरोट पिउने बानी परेका शाहले सेतो बाघु निर्माण ताका सवै भन्दा चुरोट सेवन गरेका रहेछन् । तीन वटा फिल्म बनाईसक्ने समय यो सेतो बाघुमा गयो । सायद त्यहि भएर पनि यो पटक मैले धेरै नै पिएँ, चुरोट । जुन मेरा लागि बिष बन्यो, अब चुरोट पूर्न रूपमा छोड्ने बताउँदै शाहले बह्ने, मुटुमा कतैबाट सानो चस्को मात्र पर्दा पनि अस्पताल गएर जाँच्नु पर्ने सुझाव पनि दिएका छन् । हार्ट अट्याक शत्रुलाई पनि नहोस् । यसको पीडा भोग्न निकै कठिन हुँदो रहेछ ।

६० बर्ष उमेर पुगिसकेका शाहलाई डक्टरले नुन विनाको लन्च र डिनर मात्र गर्न दिएको छ । अरु ब्रेकफाष्ट त खाईरहेको छु तर लन्च र डिनर चाहि हेर्न मन लाग्दैन । नुन विनाको स्वाद के होला र र शाहले सुनाए । साँझ पख आफ्नै घरको बगैंचामा घुम्ने शाहलाई रेगुलर चेकअपका लागि हस्पिटल जान बाहेक अन्त कहि जान नपाईने गरी डक्टरले एक महिने होम रेष्ट तोकेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us