१७ हजार प्यालेष्टिनी गाजाबाट विस्थापित

काठमाण्डु टुडे २०७१ असार ३० गते ३:४६ मा प्रकाशित

काठमाण्डु, ३० असार–इजरायलले विवादास्पद क्षेत्र गाजापट्टीमा जारी राखेको रकेट आक्रमणका कारण करिब १७ हजार प्यालेष्टिनी नागरिक विस्थापित भएका छन् ।

इजरायलले आक्रमण थप तीव्र पार्ने घोषणा गरेलगत्तै गाजाबाट करिब १७ मानिसले घरबार छाडेर शरणका लागि आग्रह गरेको संयुक्त राष्ट्र संघले जनाएको छ । आक्रमणमा हालसम्म कम्तिमा १७२ प्यालेष्टिनीको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा अधिकांश गैरसैनिक नागरिक छन् । एक हजारभन्दा बढी घाइते भएका छन् ।

इजरायलले प्यालेष्टिनी गुरिल्ला समूह हमासले आफ्नो भूमिविरुद्ध रकेट आक्रमण नरोकेसम्म आक्रमण जारी राख्ने चेतावनी दिएको छ । एक प्यालेष्टिी र तीन इजरायली युवकको हत्या भएसँगै दुई मुलुकबीच तनाव बढेको हो ।

संयुक्त राष्ट्रसंघसहित शक्ति राष्ट्रहरुले युद्धविराम गरी वार्तामार्फत समस्याको निकाश खोज्न गरेको आग्रह इजरायलले अस्वीकार गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us