
चीन, २७ असार – मध्य चीनको हुनान प्रान्तमा बिहीबार एक मिनीभ्यान दुर्घटनाग्रस्त हुँदा किन्डरगार्डेनमा रहेका विद्यार्थीसहित ११ को मृत्यु भएको समाचार छ ।
हुनानको प्रान्तीय राजधानी चाङ्गासानसजिकै रहेको घान्जी गाउँमा स्थानीय समयअनुसार बिहीबार ५ बजे बेलुका सो दुर्घटना भएको जनाइएको छ ।
सो बस दुर्घटनामा परी आठजना बालबालिका, दुई शिक्षक र एक चालकको मृत्यु भएको प्रान्तीय शिक्षा विभागका प्रमुख वाङ्ग केमिनले बताएका छन् ।
ती बालबालिकालाई लेलेवाङ्ग किन्डगार्डेनबाट बालबालिकाको घरतर्फ लगिएको अवस्थामा दुर्घटनाग्रस्त भएको जनाइएको छ ।
सो दुर्घटना चालकको लापरबाहीका कारण र क्षमता भन्दा बढी बालबालिकालाई सवार गराएका कारण भएको युनान प्रान्तका उपगर्भनर लि युजी जानकारी दिए ।
उद्धारकर्ताहरूको एक टोलीले स्थानीय समयअनुसार शुक्रबार बिहान ३ बजे दुर्घटनाग्रस्त मिनीबसलाई एक पोखरीबाट उद्धार गरिएको जनाइएको छ ।
आठ बालबालिका र एक चालकको शव मिनीबसभित्र नै भेटिएको बताइएको छ । त्यसैगरी दुई शिक्षकको शव केही घन्टापछि भेटिएको जनाइएको छ । सिन्ह्वा