पत्रकार दीपेन्द्र लामाले लेखेको चलचित्र नागबेली प्रर्दशनमा

काठमाण्डु टुडे २०७१ असार २७ गते ४:३६ मा प्रकाशित

Nagbeliकाठमाण्डु, २७ असार –रंग पत्रकार दीपेन्द्र लामाले लेखेको कथामा आधारीत चलचित्र ‘नागबेली’ शुक्रवार अर्थात असार २७ गतेबाट मुलुकभर प्रर्दशनमा आउँदैछ । चलचित्र समीक्षक समेत रहेका लामाको कथामा नागबेली बनेको हो ।

चलचित्रमा युवा पुस्ताले भोगीरहेको बेरोजगारी समस्या मुख्य विषयबस्तु बनाइएको छ । नागबेली काठमाण्डुको संघर्ष गरीरहेका युवाको कथा हो । राजनीति र अपराधको कनेक्सन पनि देखाउन खोजीएको छ । नेपालका नदी र राजमार्ग नागबेली आकारका हुन्छन्, त्यही भएर नेपालीको मनोविज्ञान पनि नागबेली नै हुन्छ भनेर देखाउन खोजीएको लामाले बताए ।

रोमियन लिम्बु चेम्जोङले निर्माण गरेको चलचित्र ‘नागबेली’मा नीर शाह, दयाहाङ राई, हर्षिका श्रेष्ठ, यशराज गरच, विक्की मल्ल, सुरवी जैन, सम्भव श्रेष्ठ, अशोक फुँयाल, रुपा राना, लुनीभा तुलाधरलगायतको अभिनय छ । शुक्रवारबाट यो चलचित्र मुलुकभरीका ६० भन्दा बढी हलमा प्रदर्शन हुँदैछ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us