‘तितो सत्य’मा यसरी पुगे शंकर बिसी

काठमाण्डु टुडे २०७१ असार २७ गते २:२१ मा प्रकाशित

shankarbcकाठमाण्डु, म्यूजिक भिडियोमा एकछत्र राज गरेका शंकर बिसी बिहीबारको तितो सत्यमा एकाएक देखिए । निर्देशन र मोडलिङ्ग दुवै गर्ने बिसी यही भूमिकामा तितो सत्यमा देखा परे ।

बिसी आफैले निर्देशन गरेको र अभियन समेत गरेको एकनारायण भण्डारीको दोहोरी गीत ‘लालुपाते नुघयो भूँइतिर’ बोलको गीतसँगै देखिएका हुन् । तीजका गीतमा निर्देशन र अभियनमा भ्याईनभ्याई भएका बिसी कसरी पुगे त हसाउँने तितो सत्यमा ?

बिसी भन्छन् ‘ दीपाश्रीले समसामयिक बिषयमा कथा बनाउनु भएको रैछ, मलाई आग्रह गर्नुभयो अनि म गए ।’ गीतसंगीतभित्र अहिले ‘मुर्गा फसाउने’ भन्ने शव्द निक्कै चर्चामा छ ।

गीत रेकडिङ्ग देखि भिडियो समेत गीत निकाल्ने चाहनेले आफ्नै खर्चमा गराउनुलाई मुर्गा फसाउने भन्ने चलन छ । यसरी मुर्गा बन्नेमा तितो सत्यका निर्देशक दीपकराज गिरीका आफ्नै साथीहरु पनि परेका कारण नयाँ कथा बस्तु निर्माण गरिएको हो ।

तितो सत्यमा शंकर बिसी निर्देशक र रवि डंगोल ‘का बेइमान’ मुर्गा बनेका छन् । मुर्गा बनाउने गलत प्रवृतिलाई उजागर गर्न लेखिएको कथामा अझै एक दुई भाग टेलिभिजनमा आउने बिसीले बताए । उनले भने ‘ भिडियोमा मुर्गा हान्ने, दुई चार लाख ठटाउने प्रवृतिलाई व्यंङ्ग्य गर्न मेरो भूमिका रहेको छ । ’

बिहीबार तितो सत्यमा आफ्नो भूमिका देखेपछि धेरै प्रशंसकको फोन आएको उनले बताए । तितो सत्यको दर्शक धेरै रैछन, फोन त कति आयो आयो शंकर बिसीले भने ‘ चलचित्र, दोहोरी र सामान्य शुभेच्छुकले तितो सत्यमा देखेर फोन गरे ।’ तीजका गीतको सुटिङ्गलाई मध्यनगर गर्दै तितो सत्यलाई समय निकाल्ने पनि उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us