
काठमाण्डु – बलिउड अभिनेत्री विपासा वसु र हरमन बावेजाबीच ‘इन्गेजमेन्ट’ भएको छ । उनीहरुले चुपचाप ‘इन्गेजमेन्ट’ गरेका हुन् ।
यी जोडी चाँडै बिवाह बन्धनमा बाँधिने बताएका छन् । बलिउडमा चुपचाप इन्गेजमेन्ट गर्ने चलन बढेको छ । प्रचारबाट टाढारहन उनीहरुले यसो गरेको स्रोतले जनाएको छ ।
भारतीय चलचित्र पत्रकारको अनुमान अनुसार उनीहरुले चाँडै नै व्याण्ड बाजा बजाउने छन् । हरमनले हामी एकअर्कालाई धेरै माया गर्ने बताएका छन् ।
बिवाह कहिले भन्ने प्रश्नमा उनले भने, ‘धैर्य गर्नोस, पक्कै थाहा पाउनुहुनेछ ।’