प्यालेष्टाइनले ठूलो मूल्य चुकाउनुपर्ने नेतन्याहुको चेतावनी

काठमाण्डु टुडे २०७१ असार २६ गते ३:५५ मा प्रकाशित

काठमाण्डु, २६ असार– इजरायलले प्यालेष्टाइनको सीमावर्ती क्षेत्र गाजापट्टीमा आक्रमण तीव्र पार्ने भएको छ ।
attackइजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले प्यालेष्टिनी लडाकु समूह हमासविरुद्धको आक्रमण तीव्र पार्ने घोषणा गरेका हुन् ।

प्यालेष्टाइनले इजरायलमाथि गरेको आक्रमणको ठूलो मूल्य चुकाउनुपर्ने उनको चेतावनी छ । प्यालेष्टिनी राष्ट्रपति मोहम्मद अब्बासले हवाई आक्रमण रोक्न आग्रह गरेलगत्तै नेतन्याहुको यस्तो भनाइ बाहिर आएको हो ।

इजरायलले आफ्नो सेनाले सुरु गरेको आक्रमणलाई ‘अपरेशन प्रोटेक्टिभ एज’ को नाम दिएको छ । इजरायली अधिकारीहरुले प्यालेष्टाइनले आफ्नो भूमिमा बुधबार मात्र ८२ वटा रकेट आक्रमण गरेको जनाएका छन् ।

इजरायली आक्रमणमा हालसम्म ५० प्यालेष्टिनीको ज्यान गइसकेको छ । दुई साताअघि एक प्यालेष्टाइनको पश्चिमी तटमा तीन यजरायली युवा र जेरुसेलममा एक प्यालेष्टिनी किशोरको हत्या भएपछि दुई देशबीच तनाव बढेको हो ।

attack 2

यसैबीच हमासले कुनै पनि इजरायलीमाथि आफूहरुले आक्रमण गर्न सक्ने चेतावनी दिएको छ । यसैबीच जागास्थित प्यालेष्टिनी मानवअधिकार केन्द्र प्रमुख राजी सौरानीले इजरायलले सर्वसाधारण नागरिकमाथि निशाना बनाएको आरोप लगाएका छन् ।

इजरायलले हमासविरुद्ध दबाब दिने नाममा सर्वसाधारणलाई निशाना बनाएको बताएका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us