झर्ला र खाउँलाको पोजिसनमा झलनाथ

काठमाण्डु टुडे २०७१ असार २५ गते ९:४१ मा प्रकाशित

काठमाण्डु – झल्लु , झोलुंगे पुल , झ्याल्टुङ । यी यस्ता विम्बहरु हुन् जसले कुनै एक ठाउँमा अडिन नसक्ने, अस्थीर र एक हिसाबले पेण्डुलम चरीत्र उजागर गर्छ ।

JN_khanal1नेकपा एमालेमा झलनाथ खनाललाई यो चरीत्रसँग दाँजेर विश्लेषण गर्ने गरिएकोछ । एमालेमा खनालको भूमिका जहिले पनि अवसरवादी रहँदै आयो र त्यो भूमिका हाल जारी नवौं महाधिवेशनमा पनि कायमै छ ।

नवौं महाधिवेशनको सरगर्मी सुरु हुन थालेपछि खनालले आफु नेतृत्वको प्रतिस्पर्धामा सहभागी नहुने घोषणा गरेका थिए । उनले भनेका थिए, ‘म रेफ्रीको भूमिकामा रहन्छु ।’ अध्यक्षको प्रतिश्पर्धामा सहभागी नहुनुमा खनालको दाउ थियो, माधव नेपाल र केपी ओलीवीच खेल्ने । अर्थात डिभाइड एण्ड रुल ।

गत आठौं महाधिवेशनमा पनि माधव र ओलीवीचको मतभेदमै खेलेर खनाल अध्यक्ष भएका थिए । यसपाली भने उनले सुरुमा सर्वसम्मत अध्यक्ष बन्ने दाउ चाले । माधव र ओली प्रतिश्पर्धाबाट टसको मस नभएपछि उनको दाउ छ, राष्ट्रपती बन्ने ।

खनाललाई थाहा छ, एमालेमा ओली र नेपाल दुबै पक्षको सहमती भएमा मात्र राष्ट्रपतीको मैदान सहज हुनसक्छ । त्यसैले आफ्ना सम्पूर्ण सहयोगी माधव क्याम्पमा गइसक्दा पनि खनालले अझै खुलेर आफु माधवकै क्याम्पको भनेर भनेका छैनन् । यसको अर्थ हो, खनालले माधव र ओली दुवै पक्षसँग मोलमोलाई गरिरहेका छन् ।

मंगलवार मात्र ओलीले भनेका छन, ‘खनालजीले माधवलाई सहयोग गर्ने कुरामा मलाई विश्वास छैन ।’ खनाल स्वयंले पनि आफु कुनै गुटमा नरहेको बताएर अझै पनि दुवै पक्षसँग पदको मोलमोलाई चलाइरहेको संकेत दिएका छन् ।

खनालको बिगत हेर्दा उनको यो ढुृलमुलेपन अस्वाभाविक हैन । महाकाली सन्धीको विवादमा सुरुमा उनी सीपीतीर ढल्कीए । बामदेव र सीपीले आयोजना गरेको पत्रकार सम्मेलनमा खनाल पनि देखिएका थिए । पछि उनी सन्धीको पक्षमा बोल्न थाले । सन्धी पारीत हुने भएपछि त उनी महाकाली प्याकेजको ब्याख्याता नै भएर निक्सीए ।
खनाल वैचारीक, राजनीतिक र साँगठनीक अनी गुटगत रुपमा कहिले यता कहिले उता भइनै रहेको देखिन्छ ।

२०३९ सालमा नेकपा मालेमा तत्कालिन कार्यनीति ‘राजनीतिक स्वतन्त्रता’ या ‘पार्टी स्वतन्त्रता’ भन्ने विवाद चुलीयो । तत्कालिन महासचिव सिपी मैनालीमाथि पार्टीले कारवाही ग¥यो । झलनाथ खनाल महासचिव बने ।

२०४४ सालमा भएको पार्टीको चौथो महाधिवेशनमा खनालले मदन भण्डारीलाई पार्टीको महासचिव बनाउन सहयोग गरेका थिए । २०४९ सालमा एमालेमा मदन भण्डारीको बहुदलीय जनवादको नीति पारित भयो । त्यसबेला भने खनाल ‘नौलो जनवाद’का पक्षधर सीपी मैनालीसग मिले । यसरी आफुलाई धोका दिएको र ढुलमुले रवैया देखाएको भन्दै मदन भण्डारीले महाधिवेशनपछि पुर्व महासचिव खनाललाई केन्द्रीय समितिमा त ल्याए, तर पोलिटब्युरो सदस्य भने बनाएनन् ।

भण्डारीको दासढुंगामा भएको रहष्यमय मृत्युपछि मात्र खनाल पोलिटब्युरो सदस्य बने ।

२०५९ सालमा तत्कालिन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि खनाल केही समय भुमिगत भए । त्यसैबेला उनी कार्यवाहक महासचिव भएका थिए ।

दोस्रो जनआन्दोलनको बेला उनले महत्वपूर्ण भूमिका निर्वाह गरे । २०६४ चैतमा भएको संविधानसभाका निर्वाचनमा पार्टीको लज्जाजनक पराजयपछि तत्कालिन महासचिव माधवकुमार नेपालले पद छाडे र खनाल महासचिव बने ।

संविधानसभाका निर्वाचनमा प्रत्यक्ष निर्वाचित एमालेका एक मात्र शीर्ष नेता खनाल संसदीय दलका नेता समेत बने । २०६५ साल फागुनमा बुटवलमा भएको नेकपा एमालेको आठौ महाधिवेशनबाट खनाल अध्यक्षमा निर्वाचीत भएका हुन् । यसरी विभिन्न पक्षवीच खेलेर र अरुलाई जुधाएर खनालले सत्ता र सँगठनमा तर मार्दै आएका छन् ।

२०४९ सालमा सम्पन्न पा“चौ महाधिवेशनमा तात्कालीन कार्यदीशा ‘नौलोजनवाद कि बहुदलीय जनवाद’ भन्नेबारे बहस भएको थियो । सीपीले नौलो जनवादी लाईन अघि सारेका थिए भने मदन भण्डारीले जनताको बहुदलीय जनवाद । महाधिवेशनले भण्डारीको कार्यक्रमीक कार्यदिशा पारीत ग¥यो । झलनाथ खनालले त्यसबेला बहुदलीय जनवादलाई ‘दक्ष प्रजापतीको टाउकोसग तुलना गरेका थिए ।

पछि उनी नयाँ विचार नल्याई त्यही जबजलाई आत्मसात गरेर बुटवलमा सम्पन्न आठौ महाधिवेनमा अध्यक्ष भए । अहिले पनि खनालको आफ्नै कुनै वैचारीक कार्यदीशा छैन ।

पुर्व प्रधानसेनापति रुक्मांगत कटवालमाथि कार्वाही गर्न सहमती जनाएर पछी अडानमा टिक्न नसक्नु, अध्यक्ष भएपछि ‘जनताको बहुदलीय जनवाद’मा परिमार्जन र पुनव्र्याख्या गर्नुृपर्ने मत अघि सार्नु र पछि त्यसमा अडिन नसक्नु, कहिले एमाओवादीस“गको सहकार्य र एकतामै जोड दिनु त कहिले एमाओवादीको साटो काँग्रेससँग लहसीनु खनालका वैचारीक ढुलुमलपन हुन, जुन हालै पारीत उनको प्रतिबेदनमा पनि उजागर भएको छ ।

खनाल कुनैबेला एमालेलार्ई ‘क्रान्तीकारी पार्टी’ भन्दै बाम एकताका लागि एमाओवादीस“ग मिल्नुपर्ने धारणा राख्थे । बुटवल महाधिवेशनबाट पारीत उनको दस्तावेजमा ‘एमाओवादीसग एकता, संघर्ष र उच्च एकता’ भन्ने वाक्य थियो ।

पछि खनालले आफ्नो विचारमा आकाश जमीनको फेर बदल ल्याएर एमालेलाई ‘लोकतान्त्रीक पार्टी’ भन्दै कांग्रेससहितको वृहत लोकतान्त्रीक एकताको पक्षमा उभीएका छन् । खनालले आफ्नो स्वार्थ अनुकुल एमालेलाई कहिले ‘लोकतान्त्रीक’ त कहिले ‘क्रान्तीकारी’को बिल्ला भिराउन पछि परेनन् ।

यसपाली भने एमाले पुरै ‘भाई काग्रेस’ भएको छ । तैपनि क्रान्तिकारी नारा लगाउन भने छाडेको छैन ।

एमाले नेता कृष्णगोपाल श्रेष्ठ ओली क्याम्पबाट माधव क्याम्पमा जान नपाउँदै फेरी ओली क्याम्पमा गएको परिदृश्यले स्पष्ट गर्छ, एमाले नेताहरुवीच पदको बार्गेनीङ चर्को भइरहेको छ ।

खनालको कथित तटस्थता पनि त्यही मोलमोलाईकै उपज हो । माधव र ओलीवीच खेलेर उनी फेरी ठुलै बाजी मार्न चाहन्छन् र त्यो हो, राष्ट्रपती पद ।

एक एमाले नेता भन्छन्, ‘झलनाथजी अहिले झर्ला र खाउँलाको पोजीसनमा हुनुहुन्छ । हेरौं, उनको भागमा कताबाट के झर्छ ?’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us