
काठमाण्डु –विश्वकप सेमिफाइनलमा आयोजक राष्ट्र ब्राजिलले लज्जास्पद हारको सामना गर्नुपरेको छ ।
ब्राजिलमा पुरै सन्नाटा छाएको छ । सम्पूर्ण देशवासी आँशुमा डुबेका छन् ।
बुधबार भएको खेलमा जर्मनीसँग ७–१ को गोल अन्तरले पराजय भोग्नुपरेपछि फुटबल विश्लेषक पनि दङ्ग परेका छन् ।
उनीहरुले इतिहासमा नभएको र नसोचेको घटना भएको निष्कर्ष निकालेका छन् । सारा फुटबलप्रेमी स्तब्ध बनेका छन् ।
ब्राजिल ५ पटकको विश्वकप विजेता देश हो ।