एमाले महाधिवेशनमा आईडी कार्डको बारकोड रिडर मदन भण्डारीकी छोरी

काठमाण्डु टुडे २०७१ असार २४ गते ४:११ मा प्रकाशित

काठमाण्डु– एमाले नवौं महाधिवेशनस्थलको गेटमा पास जाँच्न उभिएकी ‘बारकोड-रिडर’ मदनभण्डारीकी छोरी हुन् भन्ने थाहा पाउँदा प्रतिनिधिहरू आश्चर्यमा madan 6oriपर्न सक्छन् । उनी एमालेकी निवर्तमान उपाध्यक्ष विद्या भण्डारी र मदनकी जेठी छोरीउषाकिरण हुन् ।

एमालेको मजदुर संगठन जिफन्टको निर्देशनमा खटिएकी यी स्वयंसेवक बिहानदेखिरातिसम्मै प्रतिनिधि र पर्यवेक्षक ‘कमरेड’ का छातीमा ‘बारकोड रिडिङ मेसिन’ छुवाउँछिन् । गेटमाथिको स्क्रिनमा जसको अनुहार मिल्यो, त्यो भित्र छिर्नपायो । जसको अनुहार देखिएन, उनी मुस्कानसहित फर्काउँछिन् ।

बहुदलीय प्रजातन्त्रकालका लोकपि्रय तथा जबजका निर्माता भण्डारीकी छोरीलाई ‘लो-प्रोफाइल’ मा बसेर पार्टीको काम गर्नुपर्दा पटक्कै अप्ठ्यारो लागेकोछैन । ‘पार्टीले अह्राएको काम इमानदारीसाथ खटेर गर्ने हो,’ सुरुमा कुरागर्न नमाने पनि एकछिनपछि उनले खुलेर भनिन्, ‘बुवा र आमाको हैसियतका आधारमामैले काम गर्ने होइन । आफैं सक्रिय हुने हो ।’

एमालेको भ्रातृ संगठन युवासंघ नेपालको विदेश विभाग सदस्य रहेकी उषाकिरणजिफन्टमा आबद्ध भएर श्रमिकहरूको विषयमा अनुसन्धान गरिरहेको बताउँछिन् ।जवाहरलाल नेहरू विश्वविद्यालयमा राजनीतिशास्त्रमा स्नातकोत्तर गरेकीउषाकिरणको धारणा छ, ‘अब एक पटक फिल्डमा जमेर काम गर्ने हो । त्यहाँबाटपाएको अनुभवका आधारमा फेरि अध्ययन अघि बढाउने योजना छ ।’

दासढुंगा जिप दुर्घटनामा परी बुवा बित्दा उनी ८ वर्षकी थिइन् । उनी सानैछँदा बुवा एमाले महासचिव भइसकेका थिए । कांग्रेसका प्रधानमन्त्री-प्रत्याशीकृष्णप्रसाद भट्टराईलाई पराजित गरेर उनी चर्चित भए । एमालेको ‘जनताकोबहुदलीय जनवाद’ -जबज) का कारण उनको चर्चा थप चुलियो । जारी महाधिवेशनकोउद्घाटनमा माक्र्स र लेनिनको फोटो छुटाए पनि भण्डारीको फोटो जहिंतहींदेखिनुले पार्टीमा अझैसम्म पनि उनको प्रसिद्धि उत्तिकै देखिन्छ । बुवाकोयस्तो हाईहाई देख्दा उषाकिरणलाई कस्तो लाग्छ त ?

‘गौरव त लाग्ने नै भयो, तर हामी सानो छँदै बुवाले अन्तर्राष्ट्रिय छविबनाइसक्नुभएकाले तपाईंहरूले उहाँलाई जसरी चिन्नुभयो, मैले पनि त्यसरी नैचिनें,’ उनी भन्छिन्, ‘दुई गुटमा बाँडिनुभएका नेताहरूसमेत बुवाको विचारबारेएकमत भएकामा खुसी लाग्छ ।’

यो महाधिवेशनको अभिलेखन उपसमितिमा सदस्य पनि छिन् उषाकिरण । उनकी बहिनीनिशाकुसुम भने जेएनयूमै एमबीबीएस पढैछिन् । उनी भने राजनीतिमा छैनन् ।सक्रिय राजनीतिमा लाग्ने इच्छा खुलाएकी उषाकिरणले ठूलो महत्त्वाकांक्षा भनेनपालेको बताइन् ।

यसपालिको महाधिवेशनमा जबजका विषयहरूलाई लिएर नेता कार्यकर्ताबीच ध्रुवीकरणबढेको बढ्यै छ । माधव नेपाल र केपी ओली खेमामा बाँडिएका उनीहरू बोलीपिच्छे ‘मदन यसो भन्नुहुन्थ्यो’ भन्छन् । मदनपुत्री आफैंले भने बुवाकादस्तावेजहरू कत्तिको पढेकी छन् त ? ‘सिंगै जबज त पढेकी छैन,’ हल्का धकाउँदैभनिन्, ‘सानो पुस्तिकाचाहिँ पढेकी छु ।’

‘मलाई एकचोटि भित्र जान दिने हो त ?’ जबाफमा उनले भनिन्, ‘पहिले पास देखाउनुस् ।’

कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us