
काठमाण्डु– अष्ट्रेलियाकी एक महिलाले आफूले १० हजार परपुरुषसँग रात बिताएको खुलासा गरेकी छिन् ।
‘गेनेथ मोन्टेनेग्रो’ नाम गरेकी यौनकर्मीले आफ्नो आत्म–वृतान्त समेटिएको किताबमार्फत यस्तो खुलासा गरेकी हुन् ।
जुन किताबमा आफ्नो ‘सेक्स यात्रा र अनुभव’ को बर्णन गरेकी छिन् । सो किताबमा उनले एक घण्टाको ९० हजार र रातको १ लाख ६० हजार रुपैयाँ लिने गरेको बताएकी छिन् ।
महङ्गा गाडी ,सेक्स पार्टी, बंगला र लागूपदार्थको नशा उनको जिन्दगीको सान र सौकत बनेको थियो ।
उनले किताबमा १९ वर्षको हुँदा एक नाइट क्लबमा आफ्नो ‘ग्याङ रेप’ भएको उल्लेख गरेकी छिन् । सो घटनापछि उनको जीवनले नयाँ मोड लियो ।
उनले यौनकर्मी बन्ने निधो गरिन् । मनग्गे पैसा कमाइ हुनेदेखेपछि उनले सो पेशा रोजेको बताएकी छिन् । सुरुवाती दिनमा उनलाई पुरपुरुषसँग रात बिताउन असहज भएको र २–३ वर्षपछि ‘व्यावसायिक यौनकर्मी’ बनेको तथ्य खुलासा गरेकी छिन् ।
सेक्स र ग्लामरको नशामा १५ वर्षसम्म उनले सो पेशा अंगालेपछि औपचारीक शिक्षा अध्ययन गर्न सकिनन् ।
हाल उनी यौनकर्मीको परिचय बदलेर व्यवसायमा लागेकी छिन् । उनी अष्ट्रेलियाकी प्रसिद्ध व्यवसायीको रुपमा चर्चित बनेकी छिन् ।
अहिले आफ्नो परिवारसँग खुसीसाथ जीवन बिताइरहेकी छिन् ।