
काठमाण्डु – भारतमा एक जोडी श्रीमान–श्रीमती ६ वर्ष अघि खिचेको यौन भिडियो सार्वजनिक भएपछि हैरानीमा परेका छन् ।
६ वर्ष अघि प्रेमालापको क्रममा मोवाइल फोनमा रेकर्ड गरिएको सो भिडियो बजारमा छ्यापछ्याप्ती भएको हो ।
जानकारी अनुसार दुई सन्तानमा यी बाबुआमाको २० वर्ष अगाडी विवाह भएको थियो ।
नयाँ मोबाइल खरिद गर्दा पुरानो मोबाइलमा भएको ‘मेमोरी कार्ड’ निकाल्न भुलेकाले सो भिडियो सार्वजनिक भएको उनीहरुले बताएका छन् ।
भिडियो एउटा ‘पोर्न साइट’मा रहेको उनीहरुलाई साथीले जानकारी दिएका थिए ।
उनीहरुले प्रहरीमा ‘साइबर क्राइम’को मुद्धा दायर गरेका छन् । भिडियो अपलोड गरिएको ‘इन्टरनेट प्रोटोकल’ ठेगाना पत्ता लगाएर कारबाही गर्ने प्रहरीले जनाएको छ ।
ती जोडीले आफ्नो घरको कामदारलाई शंका गरेका छन् ।