
काठमाण्डु – अमेरिकामा एक बालकको कारभित्र मृत्यु भएको छ । कारचालक बाबुले ती बालकलाई सात घण्टा कारमा छोडेर परस्त्रीसँग ‘सेक्सी च्याट’ गर्न व्यस्त हुँदा ‘हाइपरथर्मिया’ ले मृत्यु भएको हो ।
प्रहरीका अनुसार जस्टिन रास हैरीस नामका सौखिन आफ्नो बच्चालाई कारमा छोडेर महिलालाई ‘सेक्सी मेसेज’ र ‘नाङ्गा तस्वीर’ पठाइरहेका थिए । उनको इन्टरनेट ‘ब्राउजिङ हिस्ट्री’ मा उनले ‘चाइल्ड फ्री’ नामको पेज हेरेको पत्ता लागेको छ । सो पेजमा बच्चा नचाहने सल्लाह लिएका थिए ।
साथै जेलमा बस्ने सल्लाह लिनका लागि पनि उनले अनलाइन सर्च गरेको पत्ता लागेको छ । यो बाहेक उनले जनावरलाई गर्मीमा छोड्दा कस्तो प्रभाव पर्छ भन्ने भिडियो पनि हेरेको खुलासा भएको छ ।
उनले बच्चालाई गर्मीमा छोड्दा के हुन्छ ? भन्ने जानकारी लिनका लागि भिडियो हेरेको हुनसक्ने उनको श्रीमतीले बताइन् ।
हैरीस पक्षकाले यो अपराध नभएर दुर्घटना भएको जिद्धी गरिरहेका छन् । हैरीसले पनि आरोपको अस्वीकार गरिरहेको प्रहरीले बताएको छ ।