
काठमाण्डु – नायक राजेश हमाल कपाल काट्ने, फेसियल–मसाज लगायतका काम गर्दै आएका सर्लाही बबरगञ्ज–४ का सुरेन्द्र ठाकुरको बिवाहमा हेलिकोप्टर चार्टर गरेर निम्तो मान्न पुगेका छन् । उनको विवाह असार २० मा भएको थियो ।
हमाल विवाहमा करिब एक घण्टा बसेका थिए । राजेश हमाल आफ्नो विवाहमा आउनु आफ्ना लागि गौरवको कुरा भएको ठाकुरले बताए । ‘विवाह आफैंमा ठूलो उत्सव हो त्यसमा राजेश सर आउँदा मेरो खुशी आकाशिएको छ,’ उनले भने ।
अधिकांश हिन्दी र भोजपुरी फिल्म मात्रै हेरिने सर्लाहीको दुर गाउँमा नेपाली फिल्मका नायक राजेश हमाललाई हेर्न झरीको वास्ता नगरेर वरपरका गाउँबाट समेत मानिसहरु आएका थिए । एक त राजेश हमाल त्यसमाथि हेलिकोप्टर पनि उनीहरुका लागि उत्सुकताको विषय भएको थियो ।
हमालले आफ्ना नाईलाई माला लगाइदिएर शुभकामना र बधाई दिएका थिए ।