
काठमाण्डु, २१ असार– विवाह गर्ने तयारीमा रहेका पूर्वप्रहरी महाधिरीक्षक मोतिलाल बोहरा र अभिनेत्री मिथिला शर्माबीच टीकाटालो भएको छ ।
दुवै तर्फका पारिवारिक सदस्यहरुको उपस्थितिमा शनिबार शर्मा र बोहोराले टिका लगाएका हुन् । ७४ वर्षीय बोहरा र ५० वर्षीया शर्माको विवाहको औपचारिक मिति भने तय भएको छैन । स्रोतका अुनसार ‘कोर्ट म्यारिज’ गर्ने तयारीमा उनीहरु छन् ।
बोहरा पत्नीको एक वर्षअघि निधन भएको थियो । शर्मा भने अहिलेसम्म अविवाहित छन् ।