क्रिकेटका महानहस्ती एकै तस्वीरमा

काठमाण्डु टुडे २०७१ असार २० गते १३:०६ मा प्रकाशित

cricket

काठमाण्डु, २० असार – संसारका उत्कृष्ट क्रिकेटरहरु हाँसिरहेको सेल्फी तस्वीर सार्वजनिक भएको छ ।

सो तस्वीरमा सचिन तेन्डुलेकर, शेन वार्न, ब्रायन लारा, एम मुरलीधरन, विरेन्द्र सेहवाग, राहुल द्रविड, एडम गिलक्रिष्ट, डेनियल वेटोरी , युवराज सिंहलगायतका समकालिन खेलाडीहरु एउटै तस्वीरमा कैद भएका छन् । यो सेल्फी केवीन पीटरसनको ट्वीटर मार्फत सार्वजनिक भएको हो ।

क्रिकेटका यी महानहस्तीहरु जुलाई ५ मा हुने एक प्रतियोगिताको लागि भेला भएका थिए । सो खेलमा ‘रेष्ट अफ द वल्र्ड’ र ‘एमसीसी इलेभेन’ भिड्नेछन् ।

‘रेष्ट अफ द वल्र्ड’ को कप्तानी शेन वार्न र ‘एमसीसी इलेभेन’ को कप्तानी सचिन तेन्डुलेकर ले गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us