भारतीय माओवादीद्वारा दुई प्रहरीको हत्या

काठमाण्डु टुडे २०७१ असार २० गते ८:२८ मा प्रकाशित

मुम्बई, २० असार – भारतको पूर्वी राज्य बिहारमा शुक्रबार सशस्त्र माओवादीले दुई जना प्रहरीको हत्या गरेको समाचार छ ।

प्राप्त समाचारअनुसार भारतीय माओवादीले शुक्रबार बिहान ती प्रहरीको हत्या गरेका हुन् । हत्या भएका एकजनामा भारतीय सुरक्षा निकाय सिआरपिएफका कमान्डेन्ट रहेका छन् ।

भारतीय पूर्वी राज्य बिहारको जामुई जिल्लामा भारतीय माओवादीका सशस्त्र विद्रोहीले ती प्रहरीको हत्या गरेका हुन् । सुरक्षा गस्तीमा खटेको प्रहरीलाई लक्ष्यगरी माओवादीहरुले हमला गरेका थिए ।

सो क्रममा केहीबेर प्रहरी र माओवादी लडाकूबीचमा दोहोरो भिडन्त पनि भएको बताइएको छ । भिडन्तपछि केही माओवादी पनि घाइते भएका बताइएको छ ।

हालेका दिनमा भारतीय राज्य झारखण्ड र बिहारमा माओवादी क्रियाकलाप बढ्दै गएको छ । उनीहरुले प्रायः प्रहरीमाथि हमलाको शृङ्खला नै सुरु गरेका बताइएको छ । सिन्ह्वा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us