संकलक ज्ञानेन्द्र पनेरुकाे निधन

काठमाण्डु टुडे २०७१ असार १८ गते ५:२७ मा प्रकाशित

काठमाण्डु, १८ असार –लोक संकलक ज्ञानेन्द्र पनेरुको निधन भएको छ । लामो समयदेखि क्यान्सर रोगले ग्रसित पनेरुको आज बिहान निधन भएको हो । गीतसंगीतसँगै सिलाई सम्बन्धि पेशा गर्दै आएका पनेरुका दर्जनौ गीत छन् । लोक दोहोरी र तीजका गीत उनका धेरै छन् । पनेरुले बिहेको कुरा छिनेर, फूल्यो पहेलैलगायत तीजका गीतमा शव्द र भाका बनाएका थिए । उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us