उत्तर कोरियाद्वारा क्षेप्यास्त्र परीक्षण

काठमाण्डु टुडे २०७१ असार १५ गते १२:४९ मा प्रकाशित

सोल, १५ असार – उत्तर कोरियाले आइतबार दुईवटा बाल्टिक क्षेप्यास्त्र परीक्षण गरेको सोलका सैनिक स्रोतले जानकारी दिएको छ ।

उत्तर कोरियाले सो क्षेप्यास्त्र परीक्षण पूर्वी समुद्र (जापानको समुद्र) उत्तरी कोरियाको पूर्वी तटिय क्षेत्रमा आइतबार गरेको दक्षिण कोरियाको प्रतिरक्षा मन्त्रालयका अधिकारीले एएफपी समाचार समितिलाई बताएको छ ।

यद्यपि यी दुबै क्षेप्यास्त्र परीक्षण उत्तर कोरियाको समुद्र सीमादेखि बाहिर अन्तर्राष्ट्रिय जल क्षेत्रमा इलाकामा परेको अधिकारीहरुले जानकारी दिएका छन् ।

त्यसैगरी जापानी प्रतिरक्षामन्त्री इत्सुनोरी ओनोडेराले टोकियोस्थित समाचारदाताहरूलाई उत्तर कोरियाले एक क्षेप्यास्त्र परीक्षण गरेको जानकारी दिएका छन् ।

गत बिहीबार पनि प्याङ्गयोङ्गले समुद्रमा छोटो दुरीको क्षेप्यास्त्र परीक्षण गरेको थियो । बिहीबार गरेको क्षेप्यास्त्र परीक्षणले उत्तरी कोरियाले भने पुष्टी गरेको छैन, उक्त जानकारी सोलको सैनिकले दिएका छन् ।

यी क्षेप्यास्त्र परीक्षणहरु चिनियाँ राष्ट्रपति सी जिनपिङ्ग दक्षिण कोरियाको भ्रमण गर्नु लाग्नुभएको केही समय आगाडि भएको जनाइएको छ ।

दक्षिण कोरियाली राष्ट्रपति पार्क गेउन हाइ र सीबीचको भेटवार्तामा उत्तरकोरियाको आणविक मुद्दालगायत कोरियाली प्रायद्वीपको हालका अवस्थासँग सम्बन्धित दुई देशबीचको सहकार्यको विषयमा वार्ता हुने बताइएको छ । सिको पार्कसँगको यो दास्रो भेटवार्ता हो ।

यद्यपि राष्ट्रपति सीले उत्तर कोरियाली नेता किम जोङ्ग उलसँग उनी सत्ताआएपछि भेटवार्ता गर्नु भएको छैन् ।  एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us