ग्यास पाइपलाइन विस्फोटनबाट उन्नाईसको मृत्यु

काठमाण्डु टुडे २०७१ असार १५ गते १२:४७ मा प्रकाशित

नयाँ दिल्ली , १५ असार – दक्षिण भारतीय राज्य आन्ध्र प्रदेशको पूर्वी गोदावरी जिल्लामा गत शुक्रबार ग्यास पाइपलाइन विस्फोटनपछि भएको आगलागीमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या १९ पुगेको समाचार छ ।

यस दुर्घटनामा परी कम्तीमा १९ व्यक्तिको मृत्यु भएको अन्य १७ जना घाइते भएको आन्ध्र प्रदेशका वरिष्ठ प्रहरी अधिकारी विजयकुमारले एएफपी समाचार समितिलाई आइतबार बताउनुभएको छ ।

घाइते मध्ये ६ जनाको शरीरको ८० प्रतिशत भाग जलेको पनि उहाँले जानकारी दिनु भएको छ ।
स्थानीय समयअनुसार गत शुक्रबार बिहान ६.३० बजे गोदावरी जिल्लामा अवस्थित राज्यद्धारा सञ्चालित ग्यास प्राधिकरण लिमिटेड (गेल) को एक पाइपलाइन विस्फोटनमा परी १६ व्यक्तिको मृत्यु हुनुको साथै अन्य १५ घाइते भएको जनाइएको थियो ।

उपचारार्थ अस्पताल भर्ना गरिएका घाइतेहरुको केहीको मृत्यु भएपछि यो सङ्ख्या बढेर १९ पुगेको एएफपीले जनाएको छ ।

आन्ध्रप्रदेश सरकारले यस ग्यास पाइपलाइन विस्फोटनको अनुसान्धारत जारी राख्न र साथै भविष्यमा यस्ता घटनाबाट बच्न योजनाहरुको विकास मुख्यमन्त्री एन चन्द्रबाबु नाइडुले आदेश भएको बताइएको छ ।

हैदराबाददेखि ५५० किलोमिटर टाढा रहेको अमालपुरम मण्डलको नगरमा गाउँमा भएको यस घटनाबाट कम्ती ५० वटा घर आगलागी भएको थियो ।

यस महिनाको सुरुमा पनि छत्तिसगढ राज्यमा विषालु ग्यास विस्फोटबाट ६ व्यक्तिको मृत्यु भएको थियो । एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us