आत्महत्या रोक्न पुलमा जाली हालिने

काठमाण्डु टुडे २०७१ असार १४ गते ४:१६ मा प्रकाशित

काठमाण्डु, १४ असार– अमेरिकाको सान्फ्रान्सिस्कोस्थित गोल्डेन गेट पुलमा आत्महत्या रोक्न लागि जाली निर्माण गरिने भएको छ ।
पुल सञ्चालन बोर्डको बैठकले जाली निर्माण योजना पारित गरेको हो । त्यसका लागि ७ करोड ६० लाख डलर लगानी हुने बोर्डले जनाएको छ ।

उक्त पुलबाट हालसम्म १४ सयले हामफालेर आत्महत्या गरिसकेका छन् । सन् १९३३ मा निर्माण उक्त पुलको लम्बाई २ दशमलब ७ किलोमिटर छ ।
सन् २०१३ मा सबैभन्दा धेरै ४६ जनाले आत्महत्या गरे ।

आत्महत्या गरेका व्यक्तिका परिवारले लामो समयदेखि पुल सुरक्षित बनाउन सरकारलाई दबाब दिँदै आएका थिए । यसअघि आर्थिक अभावको कारण देखाउँदै पुल सञ्चालकले आत्महत्या रेकथाम योजना कार्यान्वयन गर्न सकेका थिएनन् ।

पुलका महानिर्देशक डेनिस म्युलिगनले जाली निर्माणको काम आगामी ४ वर्षभित्र पूरा हुने बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us