३ वर्षको सन्तान गाडीमा छोडेर नाइट क्लब जाने आमा पक्राउ

काठमाण्डु टुडे २०७१ असार ११ गते ११:५२ मा प्रकाशित

ma

काठमाण्डु, ११ असार – अमेरीकामा बस्ने एक दक्षिण एशियाली महिलालाई आफ्नो बच्चाको ज्यान खतरामा पारेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

२४ वर्षीया ती महिलाले ३ वर्षको बच्चालाई गाडीमा छोडेर नाइट क्लबमा मस्ती मारिरहेको अवस्थामा फेला पारेको हो ।

ती महिलाले पहिले बच्चासहित नाइट क्लबमा छिर्न खोजेकी थिइन् । तर सुरक्षाकर्मीले भित्र जान नदिएपछि उनी एक्लै गएकी थिएन् ।

सुरक्षाकर्मीलाई आफ्नो बच्चा साथीलाई छोडेर आएको भन्दै ढाँटेकी थिइन् ।

ती सौखिन महिलाको कुरामाथि शंका लागेर सुरक्षाकर्मीले उनको गाडीको खोजी गर्दा उनले बच्चालाई एक्लै छोडेको पत्ता लागेको हो ।

उनीमाथि बच्चाको ज्यान खतरामा राखेको मुद्धा दायर गरिएको थियो ।

हाल उनी २ हजार डलर जरीवाना तिरेर छुटेकी छिन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us